scheduleमगलवार आश्विन ५ गते, २०७८

भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, एकैदिन ३५ हजारभन्दा बढी संक्रमित फेला

काठमाडौँ, २ साउन । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २४ हजार ६०९ पुगेको छ । वल्र्डवमिटरको पछिल्लो रिपोर्ट अनुसार भारतमा एकै दिन ३५ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेको नयाँ रेकर्ड हो ।

योसँगै संक्रमितको संख्या ९ लाख ७० हजार नाघेको छ । विहीबारमात्रै भारतमा ३५ हजारभन्दा बढी संक्रमित फेला परेपछि भारतमा कोरोना संक्रमितको संख्या १० लाख ५ हजार पुगेको हो ।

विहीबारमात्रै ६८० जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।

६ लाख ३६ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९००० संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय