scheduleशुक्रवार आश्विन १ गते, २०७८

वडा अध्यक्षका छोरासहितका युवाद्वारा प्रहरीमाथि आक्रमण, दुई प्रहरी घाइते

बाजुरा, ३ साउन । बेलातमाण्डौमा होटेल सञ्चालक पारस रावतलाई कुटपिट गरेर फरार भएका बुढीगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुवनसिंह केसीका छोरा दीलिप केसीसहितको समूहले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको छ ।

बुढीगंगा नगरपालिका–८ को बेलातमाण्डौ बजारमा होटेल सञ्चालन गर्दै आएका व्यापारी पारस रावतलाई स्थानीय युवाहरुले कुटपिट गरेको उजुरी प्रहरीमा परेको थियो ।

ढुंगामुढा प्रहारबाट रिठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान गरी २ जना घाइते भएको प्रहरिले बताएको छ । घाइते प्रहरीको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय