scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

नर्विचमाथि बर्नलीको जीत

काठमाडौं, ४ साउन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्‍न खेलमा बर्नलीले जीत निकालेको छ । उसले ९ खेलाडीमा सीमित नर्विचलाइ उसैको मैदानमा २-० ले हरायाे ।

बर्नलीको जीतमा क्रिस वूडले एक गोल गरे । एक गोल भने बर्नलीले उपहार पाएकाे थियो । पहिलो हाफको इन्ज्युरी समयकाे अन्त्यमा वूडले गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ८०औं मिनेटमा नर्विचका बेन गोडफ्रेले आत्मघाती गोल गरेपछि बर्नलीकाे अग्रता दोब्बर बनको थियो ।

खेलको ३५औं मिनेटमा इमिलियानो बुन्डियाले र पहिलाे हाफको इन्ज्युरी समयमा जोसिप ड्रमिकले रातो कार्ड पाएपछि नर्विच ९ खेलाडीमा सीमित भएको थियाे ।

जीतसँगै ३७ खेलबाट ५४ अंक बटुलेको बर्नली अंकतालिकाको नवाैं स्थानमा उक्लदाँ समान खेलबाट २१ अंक मात्र रहेको नर्विच पुछारमा छ । नर्विच रेलिगेसनमा परिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय