scheduleबिहिवार आश्विन १५ गते, २०७७

गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, ४ साउन । गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक आइतबार विहान जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा म्याग्दीका ६ जना तथा पर्वत, बाग्लुङ र स्याङ्जाका २-२ जना छन् ।

योसँगै प्रदेशभर कुल संक्रमितको संख्या १२९० पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा म्याग्दीको मालिका र मंगलाका २-२ जना तथा बेनी र अन्‍नपुर्णका १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पर्वतको जलजला र महाशिलाका १-१ जना पुरुषमा संक्रमण देखिँदा बाग्लुङको बडिगाड र काठेखोलाका का १-१ जना पुरुषमा पनि संक्रमण भेटिएको छ ।

स्याङ्जाको पुतलीबजार र कालीगण्डकीका १-१ जना पुरुषमा पनि संक्रमण देखिएको छ ।

प्रदेशभर हालसम्म ९३८ जना कोरोना जितेर घर फर्किएका छन् भने ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय