scheduleबुधवार कार्तिक ५ गते, २०७७

बाढीपहिरो र अविरल वर्षाले देशभर कहाँ के भयो ?

काठमाडौं, ६ साउन । आइतबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ ।

तराईका विभिन्न क्षेत्र डुबानमा परेका छन् भने पहाडी भेगमा पहिरोले बस्तीहरु विस्थापित भएका छन् ।

सोमबार मौवाखोला पुलको धादिङ तर्फको पिल्लर पानीले खोल्दा सडकको पीच कटान भएपछि राजधानीसँग पृथ्वी राजमार्गको सम्पर्क टुटेको छ ।

त्रिपुरासुन्दरी–६ स्थित गल्याबमा गएराती आएको पहिरोले पुरिएर २५ वर्षिय मिलन खाँण, २२ वर्षिया संझना खाँण र उनिहरुको डेढ वर्षिया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पूर्वी नवलपरासिको बुलिगंटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा एक घर पहिरोले पुरिँदा दुई जना पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।

यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेमा बाढीले बगाएर स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता भएका छन्

कालीगण्डकी, म्याग्दी र रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन वटा मोटरेबल र दुई वटा झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ।

पहिरोका कारण काठमाडौँ–चितवन जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । नारायणघाट–मुग्लिन सडक खण्डको चार किलो मिटरस्थित कालीखोलामा पहिरो गएको छ ।

गजुरी फुर्केखोला, बेनीघाट रोराङ, बाँदरेभीर र जोगीमारा लगायतका स्थानमा पहिरो गएको छ ।

बाजुराको बुढीगङ्गा–२ स्थित घट्टेखोलाको २५ मिटर लामो पक्की पुल बगाएपछि अछाम साँफेबगर–बाजुरा–मार्तडी सडक अवरुद्ध छ ।

मनाङको नासो गाउँपालिका–१, म्यार्दी भीरस्थित बेँसीसहर–चामे सडकखण्डमा ढुङ्गा झरेपछि गोरखा सातकिलो र आरूघाट सडकखण्ड अवरुद्ध छ ।

सोलुखुम्बु, दूधकुण्ड नगरपालिका–११ साल्मेस्थित सोलु–ओखलढुङ्गा सडकखण्डमा पहिरो खसेर सोमबार बिहानदेखि सडक अवरोध भएको छ ।

पाँचथर, फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभीरमा पहिरो जाँदा मेची राजमार्गको सडक अवरोध भएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay