scheduleबिहिवार आश्विन ८ गते, २०७७

पुनः स्थगित भयो नेकपा स्थायी समिति बैठक

काठमाडौं, ६ साउन । सत्तारुढ नेकपाको स्थायी समिति बैठक पुनः स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार तथा नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार स्थायी समिति बैठक साउन ६ गते १ बजेसम्मका लागि स्थगित भएको हो ।

यसअघि पटकपटक स्थगित बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो । नेकपामा आन्तरिक कलह बढ्दै गएपछि स्थायी समिति बैठक पटकपटक स्थगित हुँदै आएको छ ।

पार्टीभित्र अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले राखेपछि आन्तरिक विवाद बढेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय