scheduleआइतवार आश्विन ११ गते, २०७७

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरो (फोटो फिचर)

तस्वीर: दानबहादुर गुरुङ

धादिङ, ६ साउन । अविरल वर्षाका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित जवाङ खोलाको ढुङ्गाखानीमा आएको बाढी र पहिरोले ठुलो क्षति पुर्‍याएको छ । स्थानीय पत्रकार दान बहादुर गुरुङका अनुसार बाढीको कारण सातवटा टिप्पर र पार्किङ गरिराखेको पाँचवटा एक्साभेटर पुरिएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन ।

हिजो पृथ्वी राजमार्गको मौवाखोलामा रहेको पुल बगाएपछि काठमाडाैं सँग राजमार्गको सम्पर्क टुटेको छ । मौवाखोलादेखि जवाङसम्म सडक क्षतविक्षत रहेको गुरूङले जानकारी दिए । २४ घण्टादेखि अवरुद्ध राजमार्ग आज खुल्ने सम्भावना नरहेको धादिङका प्रजिअ बताउँछन् ।

यस्तै, मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला गरी दुई सय भन्दा बढी पहिरो खसेका छन् ।

हेर्नुहोस् तस्वीरहरु:

पृथ्वी राजमार्गअन्तर्गत मौवाखोलामा बाढीले भत्काएको पुल

 

पृथ्वी राजमार्गको पहिरो
पहिरोको वितण्डा

अवरुद्ध पृथ्वी राजमार्ग

तस्वीरहरु: दानबहादुर गुरुङ

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय