scheduleबिहिवार मंसिर १८ गते, २०७७

त्यो १ सय २० दिनले सिकाएका पाठहरु …

चन्द्र पौडेल

हाल विश्व कोरोना (कोभिड–१९) विश्वव्यापी महामारीबाट आक्रान्त छ । विश्वभरी करिब ६ लाख २० हजार व्यक्तिहरुको मृत्यु भईसकेको छ । लाखौं संक्रमित व्यक्तिहरु यो भाईरससँग लडिरहेका छन् । आखिर केही समयको अन्तरालमा सधैंजसो यस्ता नयाँ रोगहरुको उत्पन्न र विश्वव्यापी किन बढिरहेको छ त ?

हाम्रो भौतिकवादको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासले कतै विनाशतर्फ त हामी उन्मुख भईरहेका छैनौं ? यस सम्बन्धमा नेपाललगायत विश्व समाजलाई लकडाउनले केही पाठ पक्कै सिकाएको छ । आउनुहोस् यसै बिषयमा केहि चर्चा गरौं ।

मानिस भर्सेस प्रकृति

प्रकृति मानवलाई दिएको ज्यादै मूल्यवान उपहार हो । प्रकृति र मानव भनेको एकअर्काको परिपूरक हुन् । तर आजसम्मको विश्वसम्म आईपुग्दा मानिसले प्रकृतिलाई आफ्नो नियन्त्रणमा राखने दुस्प्रयास गरिरहेको छ । विकासको नाममा विश्वले जल, थल मात्र नभएर चन्द्रमा पनि कब्जा जमाएर नक्कली सूर्य समेत बनाइसक्यो भन्ने खबरहरु आईहेको छ । यसमा मानिस केहि हदसम्म सफल त भएको देखिन्छ ।

तर कुनै एउटा सानो परिघटनाले मानव जगतको त्यो सयौं वर्षको सफलतालाई क्षणभरमै चकनाचुर बनाईदिँदो रहेछ । प्रकृतिसँग पौठेजारी खेलेर गरिने विकास कुनै समय विनासमा परिणत हुने सम्भावना त्यतिकै प्रबल हुन्छ । प्रकृतिसँग पराजित हुँदा मानिस कहिले घरबाहिर निस्कनै नसक्ने त कहिले घरभित्र बस्नै नसक्ने अवस्थामा पुग्दो रहेछ ।

समयको रफ्तारसँग प्रकृतिले कहिले कता त कहिले कता आफ्नो शक्ति प्रर्दशन गर्ने गर्छ । कहिले भूकम्प, कहिले सुनामी, पहिले बाढीपहिरो त कहिले यस्ता नयाँ–नयाँ भाईरसहरु । सन् २०१९ अन्ततिर चीनको वुहानबाट सुरु भएको कोरोना भाईरसले संसारलाई यो अवस्थामा पुर्‍याउँछ भन्ने सायद कसैले कल्पना पनि गरेको थिएनने होला ।

ईतिहास हेर्दै जाँदा विगतदेखि हालसम्मको हरेक १०० वर्षको अवधिमा प्रकृतिले मानवलाई यस्तै हैरानी बनाउँदै आईरहेको छ । यसका लागि प्रशस्तै उदाहरणहरु दिन सकिन्छ ।

गाउँ भर्सेस शहर
विश्वमा शहरको भन्दा गाउँको संख्या बढी छ । हाम्रो जीवनयापनका लागि अधिकांश आवश्यकताहरु ग्रामिण उपजमा निर्भर छन् । शहर र गाउँको स्पष्ट सीमा कोरिनु नै वास्तवमा असन्तुलित विकासको उपज हो । हाम्रो विकासको दिर्घकालीन सोच र सो अन्तर्गतका वार्षिक नीति, योजनाहरु यसै तर्फ लक्षित देखिन्छन् । जसले हाम्रो शहर केन्द्रित मानवयी चलायमान थेग्नै नसकिने गरी बढेको छ ।

चन्द्र पौडेल

यसबाट नयाँ रोग, शोक र सन्तापको पारो ह्रातै बढेको छ भने अर्कोतर्फ गाउँ घर सुनसान, उजाड र बाझा खेतबारी बढोत्तरी छ । अन्ततोगत्वा देशको जिडिपिमा करिब २६ प्रतिशत कृषिको योगदानलाई बढाउन हामीले कहिलै सोचेनौं । मानिसहरु आफ्नो गाउँमा आफ्नो भविष्य निर्माण गर्न लाग्नुपर्छ ।

कृषि पेशालाई व्यवसायीमुखी बनाउँदै पुँजीको निमार्णमार्फत् स-साना हजारौं परियोजना जुन वातावरण अनुकूल हुन्छन् । त्यस्ता योजना मात्रै सञ्चालन गर्ने राज्यको नीति हुनुपर्छ । आधुनिक विकासको लागि शहर मात्रै मापदण्ड होईन । शहर स्तरकै सेवासुविधासहित मौलिक ग्रामिण विकास यस विपद न्यूनीकरणको उत्तम उपाय हो । यो वास्तविकतालाई भुल्दा हामी कतिसम्म स्वार्थी भयौं कि विपदमा मात्र गाउँघर सम्झने बानी नै बसिसक्यो ।

सद्भावको आवश्यकता

कोरोना र लकडाउको कारण अहिले समाजमा सामाजिक एकता र सद्भाव बढेको छ । अहिले मानिसहरु पैसा मात्र सबैथोक भई पारिवारिक मेलमिलाप, सामाजिक एकता र सहयोगको भावनाको विकासका साथै सीमित स्रोत र साधनले पनि बाँच्न सकिने वातावरणको सिर्जना भएको छ । तर यसलाई कायम राख्न सबैलै ध्यान दिनु आवश्यक छ ।

अहिले देखिएको सामाजिक दूरी र सद्भावलाई कायम राख्नको लागि गाउँगाउँमा रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्ने देखिन्छ । अहिले मानिसहरुमा केहि हदसम्म सकारात्मक सोचको विकास भएको छ । यो चेतनामा आएको परिवर्तन नभई बाध्यात्मक परिस्थितिमा आएको परिवर्तन भएकाले सरकारले गाउँगाउँमा विकासका कामहरु कृषिमा आधुनिकीकरण र युवा रोजगारका कार्यक्रम बढाउनेमा विशेष ध्यान दिनुपर्छ । कोरोना भाईरसले हामीलाई धेरै कुरामा परिवर्तन गरायो र अझै परिवर्तनमा सुधार गर्ने निश्चित छ ।

पैसाभन्दा ठूलो कुरा खानेकुरा पो रहेछ भन्ने भावनाको विकास गराएको छ । त्यस्तै भविष्यमा यस्ता खतराहरु निम्तिन सक्छन् त्यसैले सधैँ तयार रहनुपर्छ । मानिहरुको खानपान प्राकृतिक हुनुपर्ने र सधैं सरल जीवन हुनुपर्ने कुरालाई पनि यो महामारीले पाठको रुपमा सिकाएको छ ।

कतिपय मानिसहरुले ठट्टा गर्दै भन्थे- धनी देशका मानिसहरुभन्दा गरिब देशका मानिसहरु बलिया हुन्छन् । अहिले यो कुरा होकी क्या हो जस्तो अनुभूति भएको छ । यस्तै मानिसहरुले चिडियाघरमा बस्ने र बस्दाको जीवन कस्तो हुँदोरहेछ भन्ने कुराको समेत अनुभव गरेका छन् । यतिमात्र नभई पैसाभन्दा ठूलो केहि छैन भन्ने भ्रम पाल्नेहरुका लागि पनि पैसाभन्दा ठूलो कुरा खानेकुरा पो रहेछ भन्ने भावनाको विकास गराएको छ ।

त्यस्तै भविष्यमा यस्ता खतराहरु निम्तिन सक्छन् त्यसैले सधैँ तयार रहनुपर्छ । मानिहरुको खानपान प्राकृतिक हुनुपर्ने र सधैं सरल जीवन हुनुपर्ने कुरालाई पनि यो महामारीले पाठको रुपमा सिकाएको छ ।

विकल्पको खोजी

कोरोना भाइरसले नेपालजस्तो विकासोन्मुख देश मात्र होईन, युरोपका विकसित देशहरुलाई पनि आक्रान्तमा पारेको छ । भोलि यस्ता अवस्थाहरु आउन सक्छन् है भनेर होशियार तथा पूर्व तयारी गर्नुपर्दो रहेछ भन्ने सबैले महशुस गरेका छन् । शिक्षा, स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा अहिले जे जति प्रभाव परेको छ यसले विश्वको अर्थतन्त्र पूर्ण पहिलेका अवस्थामा आउन अब वर्षौं लाग्न सक्छ । यसबारे अहिलेसम्म ठोस अनुमान आएको छैन । तर यसले प्रभावसँगै लगानीका लागि नयाँ अवसर र नयाँ विकल्प खोज्न सकिने अवस्था पनि सिर्जना भएको छ ।

लकडाउन सुरु भएपछि वातावरणको क्षेत्रमा पनि सुधारका लक्षणहरु छन् । हावा धुलो धुँवाको मात्रा मात्र घटेको छैन वर्षौंदेखि वनजङ्गल र गुफा, प्वालमा बस्ने जीवहरु पनि बाहिर निस्केर अनुपम प्रकृतिसँग विचरण गरिरहेका छन् । मानिसहरुको क्रियाकलापले गर्दा वातावरणमा कतिसम्म असर परेको रहेछ र वातावरण प्रतिकूलका क्रियाकलापहरु कम गरे वातावरण पनि स्वच्छ हुने रहेछ भन्ने कुरा समेत छर्लङ्ग भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay