scheduleआइतवार आश्विन ११ गते, २०७७

बाजुरामा आन्तरिक उडान सूचारु

बाजुरा, ८ साउन । लकडाउनका कारण गत चैत्र ११ गतेदेखि आन्तरिक उडान वन्द गरेका हवाई सेवा कम्पनीले उडान सुचारु गरेका छन् । नेपाल सरकारको मापदण्ड पूरा गरी बुधबार बाजुरामा पनि उडान शुरु भएको नागरिक उड्ययन कार्यालय बाजुराले जनाएको छ ।

नेपाल सरकारको मापदण्ड अनुसार जिल्ला प्रशासन कार्यालयको सिफारिस, गृह मन्त्रालयको अनुमतिमा आरडीटी परीक्षण अनिवार्य गरेर मास्क, ग्लोब्स लगायत स्वास्थ्य सुरक्षाका सामाग्री लगाउनुपर्ने गरी उडान शुरु गरिएको नागरिक उड्ययन कार्यालय बाजुराका प्रमुख श्रीकृष्ण रिजालले बताए । बुधबार समिट एयरले बाजुराका एक जना सहित हुम्लाको ताँजाकोट गाउँपालिकाका १५ जना यात्रुलाई नेपालगञ्ज लगेको छ । हिजै समिट एयरले दुईवटा उडान भरेको छ ।

हाल बडिमालिका एयर कार्गो सेवाको पहलमा बाजुरामा पनि हवाई सेवा शुरु गरिएको बडिमालिका एयर कार्गो राजाँ एयरपोट प्रतिनिधि ज्ञानु बमले बताए । आगामी दिनमा पनि सम्पूर्ण सुरक्षा प्रक्रिया पूरा गरेर बाजुराबाट यात्रुलाई नेपालगञ्ज र सुर्खेत पठाई समिट एयरका प्रमुख विनोद सिंहले बताएका छन् ।

बाढीपहिरोका कारण सडक मार्ग अवरुद्ध भइरहेका बेला हवाई सेवा सूचारु भएपछि नागरिक खुशी भएका छन् । नागरिक सेवा सरोकार मञ्च बाजुराका संयोजक जनेश भण्डारीले कोभिडबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाएर हवाई सेवा सुचारु भएकोमा खुसी ब्यक्त गर्दै सुरक्षाका उपायमा कुनै हेलचेक्राइ गर्न नहुने बताए । हवाई सेवा सुचारु भएपछि विशेष गरेर प्रसुती सम्बन्धी समस्या भएका र अन्य बिरामीलाई पनि सजिलो हुने भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय