scheduleशनिवार आश्विन १० गते, २०७७

प्रचण्डको सचिवालयको स्पष्टोक्ति- जनार्दन हामीतिरै छन्

काठमाडौं, ८ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अध्यक्ष प्रचण्ड र सो पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्मालाई जोडेर आएका भ्रामक समाचारहरुमा कुनै सत्यता नरहेको स्पस्ट पारेको छ ।

प्रचण्डको निजी सचिवालयका  प्रेस संयोजक विष्णु सापकोटाले बिहीबार एक ध्यानाकर्षणपत्र मार्फत यस्तो बताएका हुन् ।

सापकोटाले जारी गरेको ध्यानाकर्षणपत्रमा भनिएको छ – ‘केही दिनयता हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्यको सम्बन्ध केही दिनयता विभिन्न सञ्चारमाध्यममा अध्यक्ष प्रचण्ड र जनार्दन शर्मा ‘प्रभाकर’ का बारेमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ ।  ‘आन्तरिक वैचारिक बहसहरु एक जीवन्त पार्टीका विशेषता हुन् । तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेताहरुमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ ।’

‘पार्टी एकतादेखि आजसम्मको काममा प्रभाकरले अध्यक्ष प्रचण्डलाई सहयोग गर्दै आउनुभएको छ । अहिलेको पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो । प्रभाकरमाथि अध्यक्ष प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरुलाई खारेज गर्दछ’,  सचिवालयले भनेको छ ।

यद्यपि, प्रचण्डको सचिवालयको वक्तव्यप्रति टिप्पणी गर्दै कतिपयले ‘जनार्दनको बारेमा अरुले भन्दा उनी आफैंले धारणा राख्नुपर्ने’ बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय