scheduleआइतवारमाघ ४ गते, २०७७

सकिँदै मौवाखोला पुल मर्मत, मोटरसाइकलको आवतजावत सुरु

धादिङ, ९ साउन । केही दिनअघि बाढीले बगाएको पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने मौवाखोलाको मर्मत अन्तिम चरणमा पुगेको छ । शुक्रबार बिहानबाट मोटरसाइकलको आवतजावत सुरु गरिएको छ ।

बाढीले पुल बगाएपछि पृथ्वी राजमार्ग ४ दिनदेखि अवरुद्ध थियो । अहिले भत्किएको ठाउँमा ग्याबिन भरेपछि मोटरसाईकल आवतजावत सुरु भएको र शुक्रबार अबेलासम्ममा साना गाडीहरु आवतजावत गर्न सक्नेछन् ।

यद्यपि, पुनः वर्षा भयो भने आजै साना गाडीहरु आवतजावतमा समस्या हुन सक्नेछ । ठूला सवारीहरुको आवतजावतको लागि भने अझै केही समय कुर्नुपर्नेछ ।
तस्विर सौजन्य : दान बहादुर गुरुङ

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay