scheduleबिहिवार आश्विन १५ गते, २०७७

साम्राज्ञीविरुद्ध जिल्ला अदालत काठमाडौं पुगे भुवन केसी

काठमाडौँ, ९ साउन । अभिनेता भुवन केसी ‘न्याय’ माग्दै काठमाडौं जिल्ला अदालत पुगेका छन् । शुक्रबार केसी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीविरुद्ध मुद्दा दर्ता गर्न अदालत पुगेका छन् ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार साम्राज्ञीविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका छन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाहले केसीलाई दुर्व्यवहारको आरोप लगाएकी पछि दुईबीच विवाद बढेको थियो । केसीले साम्राज्ञीको आरोपसँगै आफ्नो चरित्र हत्या भएको भन्दै कलाकार संघमा उजुरी दिएका थिए । केसीले आफूविरुद्ध लगाइएको आरोप निराधार र मनगढन्ते भएको जिकिर गर्दै आएका छन् ।

त्यसअघि अभिनेत्री साम्राज्ञीले विभिन्न तीनवटा फिल्ममा काम गर्दा ती फिल्मसँग सम्बन्धित व्यक्तिले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय