scheduleशनिवार आश्विन १० गते, २०७७

पोखराका एकजनामा कोरोना संक्रमण पुष्‍टि

पोखरा, १० साउन । गण्डकी प्रदेशमा शनिबार थप एकजनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्‍टि हुने व्यक्ति कास्कीका हुन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १३६१ पुगेको छ । कास्कीमा भने कुल संक्रमितको संख्या १०७ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं १८ का २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनी भारतबाट आएर होम क्‍वारेन्टाइनमा बसेका व्यक्ति भएको बताइएको छ ।

उनलाइ आइसोलेसनमा लैजाने तयारी भइरहेकाे निर्देशनालयका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

निर्देशनालयका अनुसार प्रदेशभर हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ११२२ पुग्दा ४ जनाकाे कोरोनाका कारण ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय