scheduleबुधवार आश्विन १३ गते, २०७८

मृतक ४० हजार नाघेपछि मेक्सिकोका राष्ट्रपति भन्छन्- मास्कले कोरोना रोक्छ भन्ने वैज्ञानिक प्रमाण छैन

एजेन्सी, ११ साउन । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरले मास्कले कोरोनाबाट बचाउँछ भन्ने कुनै वैज्ञानिक प्रमाण नभएको बताएका छन् ।

ओब्राडोरले शनिवार मास्कले कोरोनाबाट बचाउँछ भन्ने कुनै प्रमाण नभएको बताएका हुन् । प्रेस ब्रिफिङको क्रममा उनले मास्क नलगाएको बारे एक पत्रकारले सोधेको प्रश्नको प्रतिक्रिया दिँदै उनले मास्क लगाउँदैमा यदि कोरोनाबाट बचिन्छ भने अवश्य लगाउने बताए ।

पत्रकारले तपाईंले मास्क नलगाउँदा अरुलाई के असर पर्छ, थाहा छ ? भनी प्रश्न सोधेका थिए । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य विज्ञहरुले भने कोरोनाबाट बच्न मास्क उपयोगी हुने बताउँदै आएका छन् ।

मेक्सिको कोरोनाका कारण सबैभन्दा धेरै ज्यान गुमाउनेको सूचिमा चौथो नम्बरमा पर्छ । यहाँ ३ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भेटिएका छन् भने ४० हजारभन्दा बढीको कोरोनाको कारण ज्यान गइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय