scheduleसोमवार आश्विन १२ गते, २०७७

‘हामी नेकपा फुट्न दिँदैनौँ’

काठमाडौँ, ११ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । संवाद क्लब नेपालद्वारा आइतबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेकपाका स्थायी समिति सदस्यसमेत रहेका पौडेलले पार्टीभित्र पर्याप्त मात्रामा वैचारिक बहस भए पनि पार्टी विभाजन नहुने दाबी गरे ।

नेता पौडेलले नेकपा पार्टी कुनै हालतमा नफुट्ने दाबी गर्दै आजको आवश्यकता पार्टीलाई जनताले दिएको विश्वास गुमाउन दिन नहुने बताए ।

युवा पुस्ताले पार्टीलाई अझ बलियो बनाउन लागिपरेको उनको भनाइ छ । उनले भने, ‘मलगायत धेरै नेता कार्यकर्ता यो पार्टी एक ढिक्का बनाउन लागेका छौँ । दुई अध्यक्ष केपी र प्रचण्ड पनि पार्टीलाई मजबुद बनाउन छलफलमा निरन्तर लागिपरेका छौँ ।’ रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय