scheduleमगलवार आश्विन ६ गते, २०७७

मणिपाल अस्पतालका डाक्टरसहित पोखरामा थपिए २ जना संक्रमित

पोखरा, १२ साउन । गण्डकी प्रदेशमा थप दुईजनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्‍टि हुने दुवैजना कास्कीका हुन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १३७७ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका एक पुरुष र एक महिलामा संक्रमण पुष्‍टि भएको हो ।

संक्रमित पुरुष मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक भएको बताइएको छ । सामान्य ज्वरो आएका उनको आइतबार स्वाब लिइ परीक्षण गर्दा कोरोना भेटिएको अस्पताल स्रोतले बताएको छ । अस्पतालमा एमडी प्रथम वर्ष पढ्दै गरेका उनी मेडिकल वार्डमा कार्यरत रहेको जनाइएको छ ।

उनी सोमबार विहानसम्म पनि मणिपालमा बिरामी जाँच्‍ने कार्यमा खटिइरहेका थिए । उनमा कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएकालाई निगरानीमा राख्ने लगायतका अन्य थप सतर्कता अपनाइएको छ ।

यस्तै, निर्देशनालयका अनुसार प्रदेशभर हालसम्म १२०१ जना संक्रमित निको भएर घर फर्केका छन् भने ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय