scheduleआइतवार आश्विन ११ गते, २०७७

विषालु च्याउ खाँदा बालिकाको ज्यान गयो

जाजरकोट, १२ साउन । जाजरकोटमा विषालु च्याउ खाँदा एकजना बालिकाको ज्यान गएको छ । यस्तै अन्य सातजना बिरामी भएका छन् ।

मृत्यु हुनेमा जिल्लाको कुसे गाउँपालिका –१ की तीन वर्षीया अञ्जना चलाउने रहेकी छिन् ।

उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर बिरामी भएका छन् ।

घरपरिवारका सबैजनाले एकै समयमा च्याउ खाएका थिए ।

बिरामीको उद्धारका लागि हेलिकोप्टरको पहल भइरहेको जनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय