scheduleमगलवार आश्विन ६ गते, २०७७

गण्डकी प्रदेशमा थपिए २२ जना कोरोना संक्रमित

पोखरा, १२ साउन । गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक सोमबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्‍टि हुनेमा स्याङ्जाका १८ जना तथा लमजुङ्ग र कास्कीका २-२ जना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १३९९ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका १७ जना पुरुष र एकजना महिलामा संक्रमण पुष्‍टि भएको हो ।

त्यसैगरी लमजुङ्गको मध्यनेपाल र दुधपोखरीका एक-एकजना पुरुषमा पनि संक्रमण देखिएको छ ।

यता कास्कीको रुपा गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाका एक-एकजना पुरुषमा पनि संक्रमण भेटिएको छ ।

संक्रमित सबैलाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

यसअघि आजै विहान पोखराको मणिपाल अस्पतालमा कार्यरत डाक्टरसहित २ जनामा पनि संक्रमण पुष्‍टि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय