scheduleबुधवार आश्विन ६ गते, २०७८

विश्‍वकप क्रिकेट सुपर लिग सुरु हुँदै

काठमाडौं, १३ साउन । अन्तर्राष्‍ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले घोषणा गरेको विश्‍वकप क्रिकेट सुपर लिग आगामी जुलाइ ३० देखि सुरु हुने भएको छ । सोमबार एक कार्यक्रमका बीच आइसिसीले जुलाइ ३० देखि सुरु हुने इंग्ल्यान्ड र आयरल्यान्डबीचको एकदिवसीय श्रृंखलाले आधिकारिक रुपमा सुपर लिगको सुरुवात गर्ने बताएको हो ।

२०२३ मा भारतमा हुने एकदिवसीय विश्‍वकप छनौटको बाटोका रुपमा रहेको लिग सर्वप्रथम सन् २०१८ को जूनमा घोषणा भएको थियो ।

सुपर लिगमा आइसिसी क्रिकेट लिग २०१५-१७ को विजेता नेदरल्यान्ड सहित १३ टिमको सहभागिता रहनेछ । भारत भने आयोजकका रुपमा २०२३ को विश्‍वकपका लागि सिधै छनोट हुने छ ।

लिगअन्तर्गत सबै टिमले घरमा चार तथा बाहिर चार वटा श्रृंखला खेल्नेछ । सिरीज जितेमा १० अंक प्रदान गरिनेछ भने बराबरी/नतिजा नआएमा ५ अंक प्रदान गरिनेछ । हरेक श्रृंखलामा तीन खेलहरु खेलिनेछन् यद्यपि टिमहरुले आफूले चाहेअनुरुप अतिरिक्त खेल पनि खेल्न सक्नेछन् जसको नतिजा भने लिगमा सम्मिलित गरिने छैन ।

स्वतः छनोट हुने भारतसहित लिगको शीर्ष ८ मा पर्ने टिम विश्‍वकपका लागि छनोट हुने छन् भने अंकतालिकामा तल्ला ५ टिम मध्येका शीर्ष २ टिमले १० टीमको सहभागिता रहने आईसीसी क्रिकेट विश्व कप छनोट प्रतियोगितामा क्रिकेट विश्व कप लिग २ बाट बढुवा भएर आएका एसोसिएट देशहरूसँग खेल्ने छ ।

सुपर लिग मे २०२० मा सुरु हुने र मार्च २०२२ सम्म चल्ने तय गरिएको भएपनि कोरोनाभाइरस महामारीका कारण सुरु हुने मिति पछाडि धकेलिएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय