scheduleशुक्रवार आश्विन ९ गते, २०७७

पार्टी फुटबाट रोक्न वामदेवले अगाडि सारे ६ बुँदे प्रस्ताव

काठमाडौं, १३ साउन । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुवै अध्यक्ष समक्ष ६ बुँदे प्रस्ताव अगाडि सारेका छन् ।

गौतमले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई एकता महाधिवेशनसम्म र प्रतिनिधिसभाको यस कार्यकालसम्म बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहन प्रस्ताव गरेका छन् ।

उनले प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् । यसका लागि पार्टीको महाधिवेशन सहमतिमा आयोजना गर्नुपर्ने गौतमको प्रस्ताव छ ।

उपाध्यक्ष गौतमले प्रधानमन्त्रीका दैनन्दिनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्नुपर्ने प्रस्ताव पनि अगाडि सारेका छन् ।

‘प्रशासन तथा सुरुक्षा निकायका कर्मचारीहरुको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने,’ गौतमको प्रस्तावमा भनिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय