scheduleशनिवार आश्विन १० गते, २०७७

खनाललाई लिएर प्रचण्ड गए ओली भेट्न

फाइल फोटो

काठमाडौं,  १३ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता झलनाथ खनाल अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएका छन् ।

प्रचण्डको अध्यक्षतामा केही स्थायी कमिटी सदस्यहरुले बैठकको तयारी गरेपछि बैठक बीचमै रोकेर प्रचण्ड र खनाल प्रधानमन्त्री ओलीलाई भेट्न गएका हुन् ।

पटक-पटक रोकिँदै आएको स्थायी समिति बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको  थियो।

प्रधानमन्त्री ओलीले बैठक अनिश्चितकालका लागि स्थगित गरे पनि प्रचण्ड, बरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए।

प्रचण्ड र झलनाथ प्रधानमन्त्रीलाई भेट्न गएपछि स्थायी समिति बैठक अहिले अवरूद्ध भएको छ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय