scheduleबिहिवार आश्विन ८ गते, २०७७

प्रचण्डले सुरु गरे रोकिएको स्थायी कमिटी बैठक

काठमाडौं, १३ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः सुरु भएको छ।

नेकपाको मंगलबार बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको सूचना सार्वजनिक भएपछि संस्थापन पक्षले एकलौटी ढंगले बैठक स्थगित गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षले बैठक सुरु गरेका हुन् ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले थप छलफल आवश्यक भएको भन्दै रोकेका थिए । मंगलबार मात्र उपाध्यक्ष वामदेव गौतमले दुवै अध्यक्षको शक्ति सन्तुलनका लागि ६ बुँदे सुझावसहितको विज्ञप्ति सार्वजनिक गरेका छन् ।

यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै स्थगित भएको थियो ।

यसअघि सुरु भएको बैठकलाई रोकेर प्रचण्ड र झलनाथ खनाल केपी ओलीलाई भेट्न गएका थिए।  ओली, प्रचण्ड, खनाल र बिष्णु पौडेलबीचको भेटवार्ता सकिएपछि बैठक फेरि सुरु गरिएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय