scheduleआइतवार आश्विन ११ गते, २०७७

कर्णाली : ४ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको सख्या एक हजार नौ सय १४

सुर्खेत, १३ साउन । कर्णाली प्रदेशमा मंगलबार चार जना कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल–पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमध्ये सुर्खेतको भेरीगंगा नगरपालिका वडा नंं. २, ८ र ९ का एक–एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै दैलेख अस्पतालको पीसीआर प्रयोगशाला गरिएका परीक्षणमध्ये चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ७ का एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा कुल संक्रमितको सख्या एक हजार नौँ सय १४ जना पुगेको मन्त्नालयले जनाएको छ ।

सुर्खेतको प्रदेश अस्पतालबाट एक जना, गुर्भाकोटबाट दुइ जना, दैलेख अस्पतालबाट चार जना र रुकुपश्चिमबाट चार जना गरी कुल ११ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या एक हजार ६ सय ६९  पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय