scheduleमगलवार आश्विन ६ गते, २०७७

रियल मड्रीडका खेलाडीमा कोरोना संक्रमण

एजेन्सी, १३ साउन । रियल मड्रीडका स्ट्राइकर मारियानो डियाजमा कोरोना संक्रमण पुष्‍टि भएको छ । उनलाइ संक्रमण भएको र अहिले घरमै सेल्फ आइसोलेसनमा रहेको क्लबले मंगलबार जनाएको छ ।

रियलले आगामी अगस्ट दोस्रो साता म्यान्चेस्टर सिटीविरुद्ध च्याम्पियन्स् लिगको अन्तिम १६ अन्तर्गतको दोस्रो खेल खेल्दै छ । डियाजले भने उक्त खेल गुमाउने छन् ।

उनी क्लबको ट्रेनिङ सेसनमा पनि सहभागी नभएकाले क्लबका अन्य सदस्यमा संक्रमण नफैलिएको अनुमान छ । त्यसैले लिगको खेल पनि प्रभावित हुने सम्भावना कमै रहेको छ ।

पहिलो लेगमा आफ्नै घरेलु मैदानमा भएको खेलमा रियल २-१ ले पराजित भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय