scheduleमगलवार आश्विन ६ गते, २०७७

गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्‍टि

पोखरा, १३ साउन । गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक मंगलबार साँझ जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्‍टि हुनेमा स्याङ्जाका २५ जना तथा बाग्लुङका ६ जना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १४३० पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका १८ जना पुरुष र दुइजना महिलामा संक्रमण पुष्‍टि भएको हो । त्यसैगरी अर्जुनचाैपारी नगरपालिकाका ४ पुरुष तथा वालिङका एकजना पुरुषमा पनि संक्रमण देखिएको छ ।

यता बाग्लुङको निसीखोला गाउँपालिकाका ५ पुरुष र बरेङ गाउँपालिकाका १ जना पुरुषमा पनि संक्रमण पु‍ष्‍टि भएको छ ।

स्याङ्जामा सोमबार जिल्ला प्रहरी कार्यालयका एसपी सहित १८ जना प्रहरीमा संक्रमण पुष्‍टि भएपछि कोरोनाको जोखिम बढेको भन्दै जिल्ला नै १० दिनका लागि सिल गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय