scheduleमगलवार आश्विन ६ गते, २०७७

गण्डकी प्रदेशमा थपिए ५ जना कोरोना संक्रमित

पोखरा, १४ साउन । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक बुधबार विहान जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्‍टि हुनेमा म्यागदीका २ जना तथा स्याङ्जा, तनहुँ र बाग्लुङका एक-एकजना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १४३५ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा म्याग्दीको मालिका र अन्‍नपूर्णका एक-एकजना पुरुषमा संक्रमण भेटिएको हो ।

त्यसैगरी स्याङ्जाको पुतलीबजारका एकजना पुरुषमा पनि संक्रमण पुष्‍टि हुँदा बाग्लुङको काठेखोला र तनहुँको भिमादका एक-एकजना पुरुषमा पनि संक्रमण भेटिएको हो ।

संक्रमित सबैलाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा हालसम्म १२०७ जना संक्रमणमुक्त भएर घर फर्किदाँ ४ जनाको भने संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय