scheduleबिहिवार आश्विन ८ गते, २०७७

सन्दीपको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ, बिहीबार ट्रिनीडाडका लागि उड्ने पक्का

काठमाडौं, १४ साउन ।  क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्न ट्रिनीडाड प्रस्थान गर्नुअघि कोरोना परीक्षण गराएका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मङ्गलबार ललितपुरको सानेपास्थित स्टार अस्पतालमा स्वाब दिएका उनको बुधबार नेगेटिभ रिपोर्ट आएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराएका हुन् ।

रिपोर्ट नेगेटिभ आएसँगै अब उनी ट्रिनीडाडका लागि उड्ने पनि पक्का भएको छ । आजै विहान मात्र उनको फ्लाइटको पनि व्यवस्था भएपछि उनी जाने लगभग निश्‍चित भएकोमा कोरोना परीक्षणको रिपोर्ट भने आउन बाँकी थियो ।

सन्दीप बिहीबार विहान १० बजे कोरियन एयरलाइन्सको चार्टर्ड विमानमार्फत अमेरिका हुँदै शनिबार सम्म सीपीएल आयोजना हुने स्थानमा पुगिसक्ने छन् । त्यसपछि उनी १४ दिन क्‍वारेन्‍टिनमा बस्‍ने छन् ।

सीपीएलमा सन्दीपलाई जमैका तलाहवाजले एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यमा अनुबन्ध गरेको छ । सीपीएल आगामी अगस्ट १८ देखि सुरु हुँदैछ । सन्दीपको टिम जमैकाले पहिलो खेल अगस्ट १९ मा सेन्ट लुसिया जुक्सविरुद्ध खेल्ने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय