scheduleआइतवार आश्विन ११ गते, २०७७

पहिरोमा परी एकै परिवारका ७ सहित ९ जनाको मृत्यू

कालीकोट, १४ साउन । कालिकोटमा गएको पहिरोमा परी एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यू भएको छ । मंगलबार राति खसेको पहिरोमा परी कालीकोटको नरहरिनाथमा उनीहरुको मृत्यू भएको हो ।

नरहरिनाथ–७ माल्कोट बागामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले पुष्टि गरेको छ ।

राति सुतिरहेका बेला पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, नातिहरु ७ वर्षीय रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पहिरोमा परी घाइते भएकी १२ वर्षीया बिमला बुढाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

उता, सोही गाउँपालिकाको वडा नम्बर ४ माझगोठीमा पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय बाले बुढा र उनकी पत्नी ६५ वर्षीया मना बुढाको पनि शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय