scheduleशनिवार आश्विन १० गते, २०७७

नेकपामा एक चौथाई केन्द्रीय सदस्यले बैठक माग गर्दै हस्ताक्षर बुझाए (सूचिसहित)

काठमाडौं, १४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक चौथाई सदस्यले केन्द्रीय कमिटीको बैठक माग गर्दै हस्ताक्षर बुझाएका छन् । पार्टीका १ सय ५२ जना केन्द्रीय सदस्यले तत्काल केन्द्रीय केन्द्रीय कमिटी बैठक बोलाउनपर्ने माग राख्दै केन्द्रीय कार्यालय धुम्बाराहीमा निवेदन दर्ता गरेका हुन् ।

नेकपाको विधानमा एक चौथाई सदस्यले बैठक माग गरेको ३० दिनभित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ । हाल सत्तारुढ पार्टी नेकपामा ४ सय ४१ केन्द्रीय सदस्यहरु रहेका छन् ।

नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले बैठक माग गर्नका लागि आवश्यक १ सय ११ जना भए पनि आफूहरूले १ सय ५२ जनाको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठकको माग गर्दै निवेदन दर्ता गरेको जानकारी दिए ।

हेर्नुहोस् हस्ताक्षर बुझाउने केन्द्रीय सदस्यहरुको नामावली-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय