scheduleशनिवार श्रावण २४ गते, २०७७

उपाधि विजेता युभेन्ट्सको हार

काठमाडौं, १५ साउन । इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति सम्पन्‍न खेलमा लिग विजेता भइसकेको युभेन्ट्स पराजित भएको छ । दुई खेल खेल्नु अगावै च्याम्पियन भइसकेको युभेन्ट्स काग्लियारीसँग २-० ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा काग्लियारीको जीतमा लुका गाग्लियानो र जियोभानी साइमनले एकएक गोल गरे । खेलको आठौं मिनेटमा गाग्लियानोले गोल गर्दै काग्लियारीलाइ अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको इन्ज्युरी समयमा साइमनले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । खेलको दोस्रो हाफमा थप गोल हुन सकेन । अन्ततः खेल काग्लियारीले जित्यो ।

काग्लियारी ३७ खेलबाट ४५ अंकसहित १३औं स्थानमा रहेको छ । युभेन्ट्स भने हारका बाबजुद शीर्षस्थानमा कायमै छ । ८३ अंक भएको युभेन्ट्स यसअघि नै उपाधि विजेता भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय