साम्पडोरियाको मैदानमा एसी मिलानको जीत
काठमाडौं, १५ साउन । इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा एसी मिलानले जीत हात पारेको छ । लगातार विजयको यात्रा कायमै राख्दा उसले साम्पडोरियालाइ उसैको मैदानमा ४-१ ले हराएको हो ।
मिलानको जीतमा लुका ज्लाटान इब्राहिमोभिचले २ तथा हाकान काल्हानोग्लु र राफायल लियोले एक-एक गोल गरे । खेलको चौथो मिनेटमा नै इब्राहिमोभिचले गोल गर्दै मिलानलाइ अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ५२औं मिनेटमा कान्हालोग्लुले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ५८औं मिनेटमा इब्राले व्यक्तिगत दोस्रो गोल गर्दै टिमका लागि तेस्रो गोल थपे ।
यस्तै ८७औं मिनेटमा साम्पडोरियाका क्रिस्टोफर अस्किल्डसनले एक गोल फर्काए । तर इन्ज्युरी समयमा लियोले गोल गरेपछि मिलानको अग्रता पुनः बढेको थियो ।
मिलान ३७ खेलबाट ६३ अंकसहित छैटाैं स्थानमा रहेको छ । पराजित साम्पडोरियाको ४१ अंक छ र १५औं स्थानमा रहेको छ ।