scheduleबुधवार आश्विन १३ गते, २०७८

भारतमा एकैदिन ५० हजार भन्दा बढीमा कोरोना संक्रमण

 

 

एजेन्सी, १५ साउन । भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५२ हजार २ सय ४९ जना संक्रमित भएका छन् । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कुल संक्रमितको संख्या १५ लाख ८४ हजार ३ सय ८४ पुगेको छ ।

यो संख्या विश्वकै तेस्रो तथा एसियाको सबैभन्दा धेरै हो । संक्रमितमध्ये अहिलेसम्म १० लाख २१ हजार ६ सय ११ संक्रमणमुक्त भएका छन् भने ५ लाख २७ हजार ७ सय ७० जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७ सय ७९ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३५ हजार ३ पुगेको छ ।

विश्‍वमा भने हिजो एकै दिन २ लाख ८० हजार ३ सय ९३ जनामा संक्रमण देखिएको छ । साथै ६ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय