scheduleशनिवार श्रावण २४ गते, २०७७

सन्दीप लामिछाने सिपीएल खेल्न ट्रिनीडाडका लागि प्रस्थान

 

काठमाडौं, १५ साउन । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग सिपीएल क्रिकेटमा सहभागी हुनका लागि ट्रिनीडाडतर्फ प्रस्थान गरेका छन् । कोरियन एयरलाइन्सको चार्टर्ड विमानमार्फत बिहीबार विहान काठमाडौंबाट प्रस्थान गरी उनी अमेरिका हुँदै शनिबारसम्ममा ट्रिनीडाड पुग्‍ने छन् ।

त्यहाँ पुगेर १४ दिन क्‍वारेन्‍टाइनमा बसेपछि उनी प्रतियोगितामा सहभागी हुने छन् । आगामी अगस्ट १८ देखि सुरु हुने प्रतियोगितामा सन्दीपलाइ जमैका तलाहवाजले अनुबन्ध गरिसकेको छ । जमैकाको खेल अगस्ट १९ मा रहेको छ ।

ट्रिनीडाड जानुपूर्व कोरोना परीक्षण गरेको रिपोर्ट पनि आवश्यक भएकाले उनले मंगलबार आफ्नो कोरोना परीक्षण पनि गराएका थिए । बुधबार नेगेटिभ रिपोर्ट आएका सन्दीपको सोही दिन विहान मात्र उडानको व्यवस्था भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय