scheduleसोमवार श्रावण १९ गते, २०७७

बिहीबार थपिए २७४ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १९५४७

काठमाडौं, १५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा २५४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २२७  जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।

बिहीबारसम्म १३ हजार २०१ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ५ हजार २२७ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ३०४ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ३ लाख ६४ हजार ६४८ नमूनाको  पिसिआर परीक्षण सम्पन्‍न भएको छ ।

थप तीनजनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ५२ पुगेको छ । पछिल्ला ९ दिनमा यो १२औं मृत्यु हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय