scheduleमगलवार आश्विन ६ गते, २०७७

गण्डकी प्रदेशमा थपिए ६ जना संक्रमित

पोखरा, १६ साउन । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक शुक्रबार विहान जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा कास्कीका ३ जना, म्याग्दीका २ जना तथा तनहुँका एकजना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १४८५ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका एकजना पुरुष र रुपा गाउँपालिकाका एकजना महिलामा संक्रमण पुष्‍टि भएको छ ।

यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीकै पोखराका एक पुरुषमा संक्रमण देखिएको छ भने म्याग्दीको अन्‍नपुर्ण र मंगलाका एकएकजना पुरुषमा पनि संक्रमण पुष्‍टि भएको छ ।

 

त्यसैगरी तनहुँको व्यास नगरपालिकाका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्‍टि भएको छ ।

संक्रमित सबैलाइ सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइएको छ ।

प्रदेशभर हालसम्म १२४३ जना कोरोना संक्रमणमुक्त भएर फर्किदाँ ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय