scheduleमगलवार आश्विन ६ गते, २०७७

रिलायन्स लाइफको ६३ करोडको आईपीओ आउँदै

काठमाडौं, १६ साउन । नेपाल धितोपत्र बोर्डले रिलायन्स लाइफ इन्स्योरेन्सलाई साधारण सेयर निष्कासनको अनुमति दिएको छ ।

२०७७ असार ९ गते आईपीओ निष्कासन अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले शुक्रबार आईपीओ निष्कासन अनुमति दिएको हो ।

कम्पनीले कुल चुक्ता पुँजीको ३० प्रतिशत आईपीओ जारी गर्न लागेको जनाएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६३ करोड रुपैयाँबराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । हाल एक अर्ब ४७ करोड चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब १० करोड पुग्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय