scheduleमगलवार श्रावण २० गते, २०७७

पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु

गुल्मी,१७ साउन । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर–५ आटीपाटामा शुक्रबार राति गएको पहिरोमा ३० वर्षीय बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षीय सागर, ७ वर्षीय हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिएका छन् ।

उनीहरुको पाँच जनाको परिवार रहेकोमा मृतक महिलाको श्रीमान् भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ । मृतक सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालिएको छ ।

घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट करिब ४० किलोमिटर पूर्वतर्फ पर्दछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय