scheduleबिहिवार आश्विन ८ गते, २०७७

सभामुखको सन्देश- घरमै बसेर बकर इद मनाउनुहोस्

काठमाडौँ, १७ साउन । सभामुख अग्निप्रसाद सापकोटाले विषम परिस्थितिको ख्याल गर्दै घरमै बसेर बकर इद मनाउनुु हुन र स्वास्थ्य सतर्कता अपनाउन सबै मुस्लिम समुदायलाई आग्रह गरेका छन् ।

इस्लाम धर्म मान्ने मुस्लिम समुदायको महत्वपूर्ण चाड बकर इदका अवसरमा शुभकामना सन्देश दिँदै उनले धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधताबीचको एकताका लागि नेपाल विश्वसामु उदाहरणीय रहेको बताएका छन् ।

बकर इद नमाज पढेर एकअर्कालाई शुुभकामना दिएर मनाइने उल्लेख गर्दै सभामुखले संयमता, आपसी सद्भाव, धैर्य, शान्ति र भाइचाराको सन्देश दिने यो पर्व सामूहिक एकता र भ्रातृत्वको पर्वसमेत भएको उल्लेख गरेका छन् ।

यो वर्ष कोरोना भाइरसका कारण पहिलेजस्तो सहज ढङ्गले पर्व मनाउने अवस्था नभएको तथ्य पेश गर्दै सभामुख सापकोटाले बकर इदजस्ता पर्वले हामीबीच मजबुत एकता, दिगो शान्ति र आपसी सद्भाव बढाउन मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।

उनले विषमताका बाबजुद यस पर्वमार्फत राष्ट्रिय एकता र धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्न सबैमा प्रेरणा मिल्ने कामनासमेत गरेका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय