scheduleसोमवार श्रावण १९ गते, २०७७

पर्सामा थपिए ६४ जना कोरोना संक्रमित

वीरगञ्‍ज, १७ साउन । पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ३ महिलासहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

संक्रमित हुनेमा प्रतिनिधिसभा सांसद प्रदीप यादव पनि रहेका छन् । उनका अंगरक्षक र सवारी चालकमा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी नारायणी अस्पतालका चिकित्सक र कर्मचारी गरी २ जना, मास टेस्‍टिङका क्रममा स्वाब संकलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा पनि कोरोना संक्रमण देखिएको छ । आफैं पैसा तिरेर परीक्षण गराएका १० जनामा पनि संक्रमण देखिएको छ ।

मास टेस्‍टिङका क्रममा माईस्थान मिना बजारमा संकलन गरिएको स्वाबको नमूना परीक्षणका क्रममा ३३ जनामा संक्रमण देखिएको हो भने वीरगञ्ज–२५ ड्राईपोर्ट सिर्सिया क्षेत्रका १० जनामा संक्रमण देखिएको हो ।

पछिल्लो समयमा पर्सामा कोरोना संक्रमितको संख्या व्यापक रुपमा बढेको छ । आइसोलेसनको अभावमा १ सय २६ जना संक्रमितलाइ घरमै राखिएको छ । सबैभन्दा बढी वीरगञ्‍जमा १ सय १८ जना अस्पताल बाहिर छन् । वीरगञ्‍जस्थित अस्थायी कोरोना अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितमा लक्षण देखिएको छ ।

यो पनि:

सांसद प्रदीप यादवमा कोरोना संक्रमण

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय