scheduleसोमवार श्रावण १९ गते, २०७७

नक्कली मदिरा सेवनका कारण ३८ जनाको ज्यान गयो

एजेन्सी, १७ साउन । भारतको पन्जाबमा नक्कली मदिरा सेवन गरेका ३८ जनाको ज्यान गएको छ । राज्यका अमृतसर, तरण र बटला जिल्लाका गरी ३८ जनाको ज्यान गएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

पन्जाबका मुख्यमन्त्री क्याप्‍टेन अमरिन्दर सिंहले घटनाको बारेमा अनुसन्धान थाल्न निर्देशन दिइसकेको बताइएको छ । उनले रक्सी उत्पादन हुने इकाइमा अनुसन्धान गर्न निर्देशन दिँदै नक्कली मदिरा उत्पादन तथा विक्री गर्नेलाई कडा कारबाही गर्ने बताएका छन् ।

स्यानिटाइजर पिउँदा १० जनाको ज्यान गयो

यस्तै भारतकै आन्ध्र प्रदेशको कुरीचेदु शहरमा स्यानिटाइजर पिएपछि १० जनाको ज्यान गएको छ । रक्सी पसल बन्द भएपछि रक्सीको तलतल मेटाउन स्यानिटाइजर पिएका १० जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय