scheduleबुधवार मंसिर १७ गते, २०७७

सुशान्त आत्महत्या प्रकरण : रिया चक्रवर्ती सम्पर्कविहीन, व्यवस्थापकमार्फत् सम्पर्कको प्रयास

एजेन्सी, १७ साउन । सुशान्त सिंह राजपुतको मृत्यु भएको एक महिनाभन्दा बढी भइसकेको छ । उनको आत्महत्यापछि सुरु भएको विवाद एवम् लाञ्‍छनामा हाल उनकी प्रेमिका रिया चक्रवर्ती मुछिएकी छन् ।

सुशान्तका पिताले रियाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गरेपछि यस प्रकरणले नयाँ मोड पनि लिएको छ । यसबारे छानबिन गर्न विहार पुलिसको टोली पनि मुम्बइ पुगिसकेको छ । तर मुम्बइ पुलिसबाट आवश्यक सहयोग भने प्राप्त हुन सकेको छैन । यसै मामिलामा विहारका डिजीपीले महाराष्‍ट्रका समकक्षीसँग सहयोगका लागि अनुरोध गरेका छन् ।

यसैबीच छानबिनकै क्रममा विहार पुलिसको एक टोली शुक्रबार पनि रियाको घर पुगेको थियो । घर पुग्दा उनी त्यहाँ थिइनन् र उनको मोबाइल पनि सम्पर्कमा थिएन । रियालाइ सोधपुछ गर्नुपर्ने विषयहरु पनि तयार भइसकेको अवस्थामा अब उनकै उपस्थितिको आवश्यकता रहेको थियो ।

यसैबीचमा उनका व्यवस्थापक भने वरिष्‍ठ अनुसन्धान टोली एसआइटीको सम्पर्कमा रहेको बताइएको छ र उनको माध्यमबाट अब रियासँग सम्पर्कको प्रयास भइरहेको छ ।

सूत्रहरुका अनुसार विहारको एक अदालतले पक्राउ पूर्जी जारी गर्नेबित्तिकै प्रहरीले रियालाई कुनैपनि बेला गिरफ्तार गर्न सक्नेछ । आइतबार पट्नास्थित राजीवनगर पुलिस थानामा सुशान्तका पिताले रिया र उनका परिवारविरुद्ध आपराधिक मामिलाको मुद्धा दर्ता गराएका थिए । बारम्बार पुलिसबाट बच्‍न अनेक प्रयास गरेकी रियाले एक भिडियो सार्वजनिक गर्दै आफू भूमिगत नभएको दाबी गर्दै आएकी छन् ।

मुम्बइ पुलिसले भने आफ्नो अनुसन्धान फिल्म इन्डस्ट्रीमा भएका बाहिरी एवम् भित्री विवादमा केन्द्रीत रहेको बताएको छ । पहिले पनि कलाकारहरुको आत्महत्याका घटनाहरु हुने गरेका र त्यसबेला पनि यस्ता दुरुत्साहनको मुद्दामा कसैलाई पक्राउ नगरिएको उनीहरुको भनाई छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay