scheduleसोमवार श्रावण १९ गते, २०७७

पशुपतिनाथको मौलिकता नष्ट गर्न लागिएको भन्दै प्रदर्शन, हेर्नुहोस् ५ तस्बिरहरू

काठमाडौं, १७ साउन । सरकारले अघि सारेको पाशुपत क्षेत्रको गुरु योजनामा समेटिएका कतिपय प्रावधानको विरोधमा पशुपति क्षेत्रमा प्रदर्शन सुरु भएको छ ।

वैदिककालदेखि चलिआएको पशुपतिनाथको धर्म, संस्कृति र मौलिकता नष्ट गर्न खोजिएको भन्दै स्थानीय जनता र राजनीतिकर्मीहरुले गुरुयोजनाको बिरोध गर्दै शनिवार बिहानै बिरोध र्‍याली गरेका हुन् ।

गुरुयोजनामा पशुपति क्षेत्र वरिपरिको वस्तीलाई व्यवस्थित बनाउने नाममा वरिपरिको बस्ती नै हटाउन खोजिएको आरोप संघर्ष समितिले लगाएको छ । गुरु योजनामा मन्दिरलाई दुई तहमा राख्ने, पश्चिमी गेट नभत्काई पश्चिमी गेटअघि अर्को तह राख्ने, दर्शन गर्न आउने तीर्थयात्रुहरुको लागि दर्शनपथलाई स्तरोन्नती गर्ने लगायतका प्रस्ताव रहेका छन्

तर स्थानीबासीहरुले भने मन्दिरलाई दुई तहमा राख्ने नाममा पश्चिमी गेटलाई भत्काउन खोजिएको आरोप लगाएका छन् । विरोध र्‍यालीबारे जानकारी दिँदै नेविसंघका महामन्त्री मनोज वैद्यले भने, ‘धर्म संस्कृति र परम्परालाई अन्त्य गर्ने नियतले यो गुरुयोजना ल्याइएको हो । यहाँ अवस्थित बस्ती र यहाँको संस्कृति एक अर्काको पर्याय भएकोले बस्ती उठाउँदा यहाँको संस्कृति नै लोप हुन्छ ।’

उनले कुनै पनि हालतमा गुरुयोजना लागू हुने नदिने र अहिले सम्बन्धित मन्त्रालयका मन्त्रीले छलफलका लागि बोलाएको र छलफलले नै अगाडिको बाटो तय गर्ने बताए ।

पशुपतिनाथको प्राङ्गणबाट सुरु भएको बिरोध र्‍याली एयरपोर्ट, गौशाला, सिफल, चाबहिल हुँदै पुन: पशुपती मै आएर समापन भएको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय