scheduleमगलवार श्रावण २० गते, २०७७

सभामुख निवासका एक सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं, १७ साउन । सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेका अनुसार सभामुख निवासमा कार्यरत एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको हो।

‘सभामुख निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भयो, ‘सभामुखसहित ट्रेसिङमा पर्ने अरूको पनि स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी छ।’ उनले भने ।

ती सुरक्षाकर्मी साउन ६ गतेसम्म सभामुख निवास आएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । ती सुरक्षाकर्मी सभामुखको सुरक्षाका लागि अगुवा गाडिमा रहने प्रहरी हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय