scheduleसोमवार श्रावण १९ गते, २०७७

‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ (भिडीयोसहित)

काठमाडाैं, १७ साउन । गायिका एलिना चौहानको स्वरमा ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ बोलको गीत सार्वजनिक भएको छ ।

निलकण्ठ सुवेदीको शब्द र राम कार्कीको संगीत रहेको उक्त तीज गीतमा कोरोनाका कारण यसपटकको तीज घरमै बसेर मनाउन सन्देश दिइएको छ ।

सुरेश थापा, अनिता दंगाल, गणेश आमीलगायतको अभिनय रहेको गीतमा इन्टरनेटमार्फत् साथी-संगीसँग तीज मनाउन आग्रह गरिएको छ ।

कोरोना कहरको यो समयमा गीतले सकारात्मक सन्देश प्रवाह गर्ने रचनाकार सुवेदीको विश्वास छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय