scheduleसोमवार श्रावण १९ गते, २०७७

उपत्यकामा शनिबार थपिए ६ जना संक्रमित

काठमाडौँ, १७ साउन । शनिबार काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले काठमाडौंमा ५ जना र भक्तपुरका १ जनालाई कोरोना संक्रमण देखिएको जानकारी दिए  ।

यससँगै काठमाडौंमा कोरोना संक्रमिको संख्या ४२८, भक्तपुरमा ५८ र ललितपुरमा ९७  पुगेको मन्त्रालयले जनाएको  छ ।

देशभर ३१५ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय