scheduleमगलवार श्रावण २० गते, २०७७

कोरोना संक्रमणका कारण थप एकजनाको ज्यान गयो

वीरगञ्‍ज, १७ साउन । वीरगञ्‍जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । नारायणी वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी वीरगञ्‍ज-१६ की ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साउन १४ गते अस्पतालमा भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पिसीआर परीक्षणका लागि नारायणी अस्पतालको पिसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै उनको शनिबार विहान  मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

सुगरबाट ग्रसित ती महिलामा निमोनिया र हाईपर टेन्सन समेत रहेको बताइएको छ ।

यस्तै, बयोधा अस्पतालमै आईसीयूमा उपचाररत् नगवाकी ६० वर्षीया संक्रमित महिलाको अवस्था पनि गम्भीर भएको जनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय