scheduleमगलवार आश्विन ६ गते, २०७७

पेट्रोलियम पदार्थको मूल्य बढ्‍यो

काठमाडौं, १७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मू्ल्यमा पुनः वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले तोकेको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको छ भने डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसाले वृद्धि गरिएको छ ।

योसँगै पेट्रोलको मूल्य १०४ रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक भारतीय आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो ।

हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरिएको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय