scheduleसोमवार आश्विन १२ गते, २०७७

कोरोनाको केन्द्र बन्दै सुदूरपश्चिम, ४ हजार ५२५ जना संक्रमित

डडेलधुरा, १८ साउन । सुदूरपश्चिम प्रदेश देशका ७ वटा प्रदेशमध्ये सबैभन्दा बढी कोरोना सङ्क्रमित फेला परेको प्रदेशमा दोस्रोमा छ । प्रदेश २ पछि नेपालमा सबैभन्दा बढि कोरोना सङ्क्रमित सुदूरपश्चिममा रहेका हुन् ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ५ सय २४ पुगेको छ । प्रदेशमा सबैभन्दा बढि कैलालीका १ हजार ६२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै डोटीका ७ सय ७०, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

कञ्चनपुरका ५ सय ४४, डडेल्धुराका ३ सय ९, बैतडीका २ सय ९५, बझाङका २ सय ९ र दार्चुलाका ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका ३ हजार बढि डिस्चार्ज भएर घर फर्किएका छन् भने ९ जनाको मृत्यु भईसकेको छ ।

सुदूरपश्चिमभन्दा बढि सङ्क्रमण पुष्टि भएको प्रदेश नम्बर २ मा ५ हजार १ सय ५५ कोरोना सङ्क्रमित रहेका छन् । प्रदेश नम्बर ५ मा ४ हजार ३ सय ६५, कर्णाली प्रदेशमा २ हजार १७, गण्डकी प्रदेशमा १ हजार ५ सय ८१, बाग्मती प्रदेशमा १ हजार १ सय ४ र प्रदेश नम्बर १ मा १ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ । 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय