scheduleशनिवार आश्विन १० गते, २०७७

आयरल्यान्डविरुद्धको एकदिवसीय श्रृंखला इंग्ल्यान्डको पक्षमा

काठमाडौं, १८ साउन । इंग्ल्यान्ड भ्रमणमा रहेको आयरल्यान्ड तीन खेलको एकदिवसीय श्रृंखलामा पराजित भएको छ । गएराति सम्पन्‍न दोस्रो एकदिवसीय खेलमा पनि आयरल्यान्ड पराजित भएपछि एक खेल खेल्न बाँकी रहेकै अवस्थामा श्रृंखला इंग्लयान्डको पक्षमा परेको हो ।

दोस्रो खेलमा इंग्ल्यान्ड ४ विकेटले विजयी भयो । २१३ रनको लक्ष्य इंग्ल्यान्डले केवल ३२.३ ओभरमा नै ६ विकेट गुमाएर पुरा गरेको थियो । उसका लागि जोनी बेयरस्टोले ८२ रनको योगदान दिए भने डेभिड विलीले अविजित ४७ तथा साम बिलिङ्सले अविजित ४६ रन बनाए । आयरल्यान्डका लागि जोसुवा लिटिलले ३ तथा कर्टिस क्याम्फरले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको आयरल्यान्डको सुरुवात यसपटक पनि राम्रो हुन सकेन । यस खेलमा पनि कर्टिस क्याम्फरले तल्लो क्रमका ब्याट्सम्यानहरुसँग मिलेर इनिङ उकासेका थिए । ५० ओभरमा आयरल्यान्डले ९ विकेट गुमाएर २१२ रन बनाएको थियो । उसका लागि क्याम्फरले ६८ रन बनाए भने अन्य कुनै ब्याट्सम्यानले ३० रनभन्दा बढी रन बनाउन सकेनन् । इंग्ल्यान्डका आदिल राशिदले ३ तथा शकिब महमुद र डेभिड विलीले २-२ विकेट लिए ।

यसअघि पहिलो खेलमा पनि आयरल्यान्ड ६ विकेटले विजयी भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय