scheduleशनिवार आश्विन १० गते, २०७७

लिगको अन्तिम खेलमा युभेन्ट्सको हार

काठमाडौं, १८ साउन । इटालियन सिरी ए फुटबलअन्तर्गत गएराति सम्पन्‍न लिगको अन्तिम खेलमा युभेन्ट्स पराजित भएको छ । गएराति भएको खेलमा रोमाले युभेन्ट्सलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो । यसअघि नै च्याम्पियन बन्‍ने निश्‍चित भइसकेको युभेन्ट्सको यो लगातार दोस्रो हार हो ।

खेलमा सुरुवाती अग्रता भने युभेन्ट्सले नै लिएको थियो । पाँचौ मिनेटमा नै गोन्जालो हिगुएनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसपछि २३औं मिनेटमा रोमाका निकोला कालिनिकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफ सकिनै लाग्दा पाएको पेनाल्टीमा डिएगो पेरोट्टीले गोल गरेपछि खेलमा रोमाले अग्रता बनाएको थियो ।

दोस्रो हाफको ५२औं मिनेटमा पुनः पेरोट्टीले गोल गर्दै रोमाको अग्रता फराकिलो बनाए । त्यसपछि युभेन्ट्स खेलमा फर्कन सकेन र लिगको सुखद अन्त्य गर्नबाट चुकेको छ । युभेन्ट्स दुई स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाबिना नै मैदानमा उत्रिएको थियो ।

जीतसँगै रोमा ७० अंकसहित पाँचौ स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय